NIMB Header 2
Nepal Life

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता बाबुछोरामध्ये छोराको शव फेला

IME LIFE
  • BFIS News
  • 2026 Apr 18 19:10
कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता बाबुछोरामध्ये छोराको शव फेला
United Ajod

अछाम, वैशाख ५ गते — अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदी मा डुङ्गा पल्टिँदा बेपत्ता भएका बाबुछोरामध्ये १३ वर्षीय नरेश बुढाको शव फेला परेको छ।

Shikhar
Nepal Life
NIMB

गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसी का अनुसार नदी किनारमा फेला परेको शव दुर्घटनास्थलदेखि करिब ७ सय मिटर तल भेटिएको हो। दुर्घटनामा बेपत्ता भएका ३५ वर्षीय पहलसिंह बुढा भने अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय अछाम का प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल का अनुसार नदी पारिबाट घाँस लिएर फर्कने क्रममा साँझ करिब ७ बजे उनीहरू चढेको डुङ्गा पल्टिएको थियो। घटनालगत्तै प्रहरी र स्थानीयले खोजी सुरु गरे पनि अँध्यारोका कारण कठिनाइ भएको थियो।

आज बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल को गोताखोरसहितको टोली परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ। बेपत्ता बाबुको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया