NIMB Header 2
Nepal Life

सपोर्ट लघुवित्तको ९.५% बोनस शेयर हितग्राही खातामा जम्मा

IME LIFE
  • BFIS News
  • 2026 May 24 20:06
सपोर्ट लघुवित्तको ९.५% बोनस शेयर हितग्राही खातामा जम्मा
United Ajod

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गरेको ९.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ ।

 

Nepal Life
NIMB

शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड का अनुसार गत पुस ३० गते सम्पन्न ११औँ वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा अभौतिक कारोबार योग्य बनाइसकिएको छ ।

कम्पनीका अनुसार गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको छ । सो मितिपछि अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर खातामा जम्मा गरिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, उक्त मितिसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखी खातामा जम्मा गरिएको छ । कर्जा चुक्ता भइसकेका शेयरधनीहरूले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयर फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया