शाओमीका दुई नयाँ एआईओटी उपकरण सार्वजनिक, नेपालमा पनि उपलब्ध हुने
- BFIS News
- 2026 May 24 20:19
काठमाडौं । प्रविधि ब्रान्ड शाओमी ले कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (AIoT) उपकरण सार्वजनिक गरेको छ । कम्पनीले “साओमी ट्याग” र “रेड्मी हेडफोन नियो” नामका उपकरणहरू सार्वजनिक गर्दै स्मार्ट जीवनशैलीलाई लक्षित गरेको हो ।
प्रविधि कम्पनी शाओमी ले कृत्रिम बुद्धिमत्ता (AI) आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (AIoT) उपकरण सार्वजनिक गरेको छ । कम्पनीले साओमी ट्याग र रेड्मी हेडफोन नियो नामक नयाँ स्मार्ट उपकरणहरू सार्वजनिक गर्दै दैनिक जीवनलाई अझ स्मार्ट र सहज बनाउने लक्ष्य राखेको जनाएको छ । साओमी ट्याग केवल १० ग्राम तौलको सानो ट्र्याकिङ उपकरण हो, जसले चाबी, पर्स, झोला तथा सुटकेस जस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन सहयोग गर्छ । विशेष मोबाइल एपमार्फत प्रयोग गर्न सकिने यस उपकरणमा हराएको सामान फेला पार्न ‘लस्ट मोड’ सक्रिय गर्ने सुविधा, सम्पर्क विवरण देखाउने प्रणाली तथा IP67 पानी र धुलो प्रतिरोधी क्षमता रहेको छ, जसले दैनिक प्रयोगमा थप सुरक्षित बनाउँछ ।
त्यस्तै, रेड्मी हेडफोन नियोले उच्च गुणस्तरीय अडियो अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा ४२ डेसिबलसम्मको एक्टिभ न्वाइज क्यान्सलेसन, ४० मिलिमिटर ड्राइभर, तीन माइक्रोफोनयुक्त एआई आधारित ध्वनि शुद्धीकरण प्रणाली र ७२ घण्टासम्मको ब्याट्री ब्याकअप रहेको छ, जसले लामो समयसम्म स्पष्ट र अवरोधरहित श्रवण अनुभव प्रदान गर्छ । यी दुवै उत्पादन नेपाली बजारमा उपलब्ध हुने जनाइएको छ, जहाँ रेड्मी हेडफोन नियोको मूल्य १२ हजार ९९९ रुपैयाँ र साओमी ट्यागको मूल्य २ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया