Nepal Life

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 05:21
नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने
Sanima Reliance

काठमाडौँ । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार  ‘ब्रेक थ्रू’ हुने भएको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ ।

NIMB

हिजो दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने छ । 

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ । रासस

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया