Nepal Life

अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 21:50
अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
Sanima Reliance

काठमाडौं। सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

NIMB

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आ.व २०८०–०८१ मा आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको जानकारी दिइन् । यसैगरी, उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री शर्माले जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् । त्यस्तै, मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया