शेयर बजारका सर्वाधिक ठुला १० कम्पनी: विशाल बजार, पुनर्बीमा र टेलिकम अगाडी
- आयुश बस्नेत
- 2025 Dec 04 15:56
काठमाडौं। शेयर बजारमा २५९ वटा कम्पनी सूचिकृत छन्। जस मध्ये बजार पूँजीकरणका हिसावले सर्वाधिक ठुलो कम्पनी विशाल बजार रहेको छ। त्यस्तै सर्वाधिक ठुला १० कम्पनीमा क्रमश नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम, नबिल बैंक, नागरिक लगानीकोष, हिमालयन रिइन्स्योरेन्स कम्पनी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन्।
सर्वाधिक ठुला १० कम्पनी मध्ये तीन वटा सरकारी स्वामित्वका छन्। त्यस्तै ४ वटा बाणिज्य बैंकहरु छन्। बीमा तर्फ हेर्ने हो भने दुई पुनर्बीमा र नेपाल लाइफ सहित तीन वटा छन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबारको शेयर कारोबार अनुसार नेप्सेको कुल बजार पूँजीकरण ४४ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ। यसरी सर्वाधिक ठुलो १० कम्पनीको कुल बजार पूँजीकरणले मात्रै २७.०४ प्रतिशत हिस्सा लिएका छन्।
विशाल बजार कम्पनी
बजार पूँजीकरण सूचिकृत कम्पनीको चुक्ता पूँजी र दोस्रो बजारको शेयर मूल्यमा निर्भर हुन्छ। यस हिसावले सबैभन्दा ठुलो कम्पनी विशाल बजार पर्न सफल भएको हो। विशाल बजारको चुक्ता पूँजी चार अर्ब एक करोड रहेको छ भने शेयर मूल्य ४ हजार ९२४ रुपैयाँ छ। यसैका आधारमा कम्पनीको बजार पूँजीकरण एक खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ।
कम्पनीको यो शेयर मूल्य केवल कुल चुक्ता पूँजीको १.०४ प्रतिशतले मात्रै कायम राखेको हो। अर्थात कम्पनीको सर्वसाधारण शेयर हिस्सा केवल १.०४ प्रतिशत रहेको छ भने बाँकी सबै नेपाल सरकारका विभिन्न निकायको नाममा संस्थापक शेयर छ। कुल बजार पूँजीकरणमा विशाल बजार एक्लैले ४.४७ प्रतिशत हिस्सा लिएको छ।
नेपाल पुनर्बीमा कम्पनी
शेयर बजारको दोस्रो ठुलो कम्पनी नेपाल पुनर्बीमा कम्पनी रहेको छ। चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीको बजार पूँजीकरण एक खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ। पछिल्लो शेयर मूल्य १३१५ रुपैयाँ रहेको यो कम्पनी पछिलो एक वर्षभन्दा लामो समयदेखि शेयर बजारका लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्दै आइरहेको छ। हकप्रद र बोनस शेयर निष्काशन गर्ने चर्चाले पनि यसको शेयर मूल्य माथि छ। नेपाल सरकारको सबैभन्दा धेरै शेयर पूँजी रहेको यस कम्पनीमा सर्वसाधारण लगानीकर्ताको स्वामित्व १६ प्रतिशत रहेको छ।
नेपाल टेलिकम
कुनै समय नेपाल टेलिकमको शेयर मूल्यमा आउने उतारचढावले शेयर बजार तलमाथि हुन्थ्यो। तर अहिले यसले खासै ठुलो प्रभाव पार्दैन। बजार पूँजीकरणका हिसावले सर्वाधिक तेस्रो ठुलो कम्पनी नेपाल टेलिकको चुक्ता पूँजी १७ अर्ब ९९ करोड रहेको छ भने कुल बजार पूँजीकरण एक खर्ब ५५ अर्ब रहेको छ। सर्वसाधारण लगानीकर्ताको ८.४७ प्रतिशत हिस्सा रहेको यस कम्पनीको शेयर मूल्य ८६२ रुपैयाँ रहेको छ। कुल बजार पूँजीकरणमा टेलिकमको हिस्सा ३.५१ प्रतिशत छ। सरकारी कम्पनीहरु मध्ये नेपाल टेलिकम सबैभन्दा धेरै लाभांश दिने कम्पनी हो। यस वर्षको लाभांश भने घोषणा गर्न बाँकी छ।
नबिल बैंक
बजार पूँजीकरणका हिसावले चौथो ठुलो नबिल बैंक निजी क्षेत्रको भने सबैभन्दा ठुलो कम्पनी हो। नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेको छ भने बजार पूँजीकरण एक खर्ब ३८ अर्ब रहेको छ। सर्वसाधारण शेयरधनीको ४१.५६ प्रतिशत हिस्सा रहेको बैंकको पछिल्लो शेयर मूल्य ५१० रुपैयाँ छ। बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न भने बाँकी छ। दोस्रो बजारको ब्लुचिप कम्पनी भित्र पर्ने नबिलले शेयरधनीलाई लाभांश सँगै राम्रो पूँजीगत लाभ पनि दिने गरेको छ। यद्यपी केहि वर्ष अगाडीको बैंकको शेयर मूल्यलाई भने लगानीकर्ताहरु माझ ठुलै चर्चा हुने गर्छ।
नागरिक लगानीकोष
शेयर बजारको पाँचौ ठुलो कम्पनी नागरिक लगानीकोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रहेको छ भने बजार पूँजीकरण एक खर्ब २० अर्ब रहेको छ। शेयर मूल्य १८६० रुपैयाँ रहेको यस कम्पनीको सर्वसाधारण समुह तर्फ २० प्रतिशत शेयर रहेको छ। यहि २० प्रतिशत हिस्सा र आकर्षक लाभांशले दोस्रो बजारमा कम्पनीले राम्रो मूल्य बनाउन सफल भएको हो।
हिमालयन रिइन्स्योरेन्स कम्पनी
बजार पूँजीकरणका हिसावले छैठौ ठुलो हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १० अर्ब ८६ करोड छ भने कुल बजार पूँजीकरण ९१ अर्ब ७ करोड रुपैयाँ छ। शेयर मूल्य ८३८ रुपैयाँ रहेको यस कम्पनीको सर्वसाधारण शेयरधनीको हिस्सा ३० प्रतिशत छ। हकप्रद शेयर निष्काशन गर्ने चर्चाले पनि कम्पनीको शेयर मूल्य माथि छ। अर्को तर्फ यसमा संस्थापक शेयरधनीको राम्रो होल्डिङ्स छ। नेपाल पुनर्बीमा कम्पनी सँग तुलता हुने भएकाले पनि यसको शेयर मूल्य सधै माथि रहने गरेको छ।
एभरेष्ट बैंक
पछिल्लो समय प्रुडेन्स बैंकको रुपमा कहलिएको एभरेष्ट बैंकको वित्तीय अवस्था मात्रै राम्रो छैन तुनात्मक रुपमा लाभांश वितरण पनि राम्रो छ। यहि कारण दोस्रो बजारको सर्वाधिक सातौ ठुलो कम्पनीको रुपमा रहेको एभरेष्ट बैंकको कुल बजार पूँजीकरण ८८ अर्ब ३६ करोड रहेको छ। चुक्ता पूँजी १३ अर्ब ७३ करोड रहेको यस बैंकको शेयर मूल्य ६४४ रुपैयाँ छ। बैंकले यस वर्ष लाभांश वितरण गरिसकेको छ। सर्वसाधारण लगानीकर्ताको समुहमा ४०.७७ प्रतिशत रहेको यस बैंकको ठुलो होल्डिङ निश्चित ठुला लगानीकर्ताको हातमा छ। यसले गर्दा दोस्रो बजारमा सहजै राम्रो मूल्य बनाउन सक्ने बैंकको रुपमा पर्दछ।
ग्लोबल आइएमई बैंक
दोस्रो बजारमा सर्वाधिक आठौ ठुलो कम्पनीको रुपमा रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी पनि सर्वाधिक धेरै ३८ अर्ब ११ करोड रहेको छ। बजार पूँजीकरण भने ८५ अर्ब ७६ करोड रहेको छ। शेयर मूल्य २२५ रुपैयाँ रहेको यस बैंकले पनि शेयरधनीलाई यस वर्ष लाभांश वितरण गरिसकेको छ। कुल बजार पूँजीकरणमा १.९४ प्रतिशत हिस्सा ओगट्न सफल यस बैंकले हरेक वर्ष शेयरधनीलाई राम्रो लाभांश वितरण गर्दै आइरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
सर्वाधिक नवौ ठुलो कम्पनीको रुपमा रहेको नेपाल लाइफको बजार पूँजीकरण ७४ अर्ब ८४ करोड रहेको छ। बैंकको चुक्ता पूँजी ९ अर्ब २ करोड रुपैयाँ रहेको छ भने शेयर मूल्य ८२९ रुपैयाँ रहेको छ। एक्युरिय मूल्याङ्क सम्पन्न गरेर बीमा प्राधिकरणबाट अनुमति कुरिरहेको यस बैंकले अवको छिट्टै लाभांश घोषणा गर्दैछ। यस वर्ष पनि बैंकले गत वर्षको लाभांशलाई नघटाउने रणनीति बनाएको छ। यसले गर्दा कम्पनीको शेयर मूल्य अझै माथि जान सक्ने विश्लेषण गरिएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक
सर्वाधिक दशौ ठुलो नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रहेको छ भने बजार पूँजीकरण ६६ अर्ब ५५ करोड छ। मर्जर पछि लाभांश दिन नसकेको यस बैंकको जगेडा कोषमा चुक्ता पूँजी भन्दा धेरै रकम जम्मा भइकसकेको छ। केहि खराव कर्जाको व्यवस्थापन गर्ने वित्तीकै बम्पर लाभांश दिने हैसित बनाउने यस बैंकको केहि कर्जाले दुखः दिइरहेको छ। लाभांश दिन सक्ने अवस्था बन्ने वित्तीकै यो बैंक बजार पूँजीकरणका हिसावले धेरै अगाडी रहनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया