बिल एकम्यानको रणनीति : सस्तो सेयर किनेर व्यवस्थापन आफ्नै हातमा लिने

  • BFIS News
  • 2021 Dec Wed 20:25
बिल एकम्यानको रणनीति : सस्तो सेयर किनेर व्यवस्थापन आफ्नै हातमा लिने

काठमाडौं : बिल एकम्यान (विलियम अल्बर्ट एकम्यान १९६६) अमेरिकी लगानीकर्ता तथा हेज फन्ड म्यानेजर हुन् । एकम्यान ‘पर्सिङ स्क्वायर क्यापिटल म्यानेजमेन्ट’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पनि हुन् । बिल एकम्यान पनि कार्ल इकाहन जस्तै ‘एक्टिभिस्ट इन्भेष्टर (अभियन्ता लगानीकर्ता)’ को रुपमा चिनिने गरेका छन् । तसर्थ, पर्सिङ स्क्वायरको लगानी रणनीति पनि ‘एक्टिभिस्ट इन्भेष्टर’ को जस्तै हुने गरेको छ ।

सन् १९९२ मा हार्भर्डबाट ग्राजुएसन सकेपछि एकम्यानले आफ्नो साथीसँग सहकार्य गरी ‘गोथम पार्टनर्स’ नामक इन्मेष्टमेन्ट कम्पनी स्थापना गरेका थिए । सोही कम्पनीमार्फत उनले ‘रकफेला सेन्टर प्रोपर्टिज’ मा लगानी गरेका थिए । जुन लगानीबाट गोथमको सम्पति २ गुणा धेरै भएको थियो । रकफेलामा गरेको लगानीदेखि नै उनलाई एक्टिभिस्ट इन्भेस्टरको रुपमा चिनियो । रकफेलाको व्यवस्थापनले निरन्तर गलत निर्णयहरु लिएपछि एकम्यानले हस्तक्षेप गरी सही दिशा दिएका थिए । 

 

एक्टिभिस्ट इन्भेस्टरहरुले कमजोर व्यवस्थापन भएका कम्पनीहरुको पर्याप्त सेयर खरिद गरी त्यसको व्यस्थापनलाई नै परिवर्तन गर्ने गर्दछन् । विशेषगरी कमजोर व्यवस्थापनका कारण अवमूल्यनमा परेका कम्पनीहरु यस्ता लगानीकर्ताको रोजाईमा पर्ने गरेका छन् । सन् २००४ मा स्थापना भएको पर्सिङ स्क्वायरमार्फत यस्तै लगानी रणनीति एकम्यानले अपनाउँदै आएका छन् । यद्दपि, सफल लगानी गर्नका लागि एकम्यानका विभिन्न सिद्धान्तहरु रहने गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया