Nepal Life

गरिब देशहरुको सहयोगका लागि विश्व बैंकको ९३ अर्ब डलरको वित्तीय प्याकेज

Global Ime detail Page
  • बिएफआईएस न्युज
  • 2021 Dec Wed 20:15
गरिब देशहरुको सहयोगका लागि विश्व बैंकको ९३ अर्ब डलरको वित्तीय प्याकेज
Sanima Reliance

काठमाडौं : विश्व बैंक अन्तर्गतको ‘इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)’ ले ९३ अर्ब अमेरिकी डलर आर्थिक सहयोग पाउने भएको छ । आइडीएले विभिन्न दातृराष्ट्र तथा अन्य स्रोतबाट ३ वर्षको अवधिमा उक्त सहयोग पाउन लागेको हो । यो सहयोग प्याकेज आइडीएले सन् २०१९ मा पाएको भन्दा १२% धेरै हो । जसमध्ये २३.५ अर्ब डलर सहयोग उच्च तथा मध्यम आय भएका ४८ वटा देशहरुबाट रहेको छ ।

NIMB

कोषको पुनःपूर्तिका लागि यस साता आइडीएका सरोकारवालाहरुको बैठक बसेको थियो । प्रत्येक ३ वर्षमा उक्त कोषको पुनःपूर्ति हुँदै आएको छ । सबैभन्दा गरीब जनताहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको आइडीएको ६१ वर्षे इतिहासमै यो सबैभन्दा ठूलो वित्तीय प्याकेज हो । आइडीएले गरीब देशहरुलाई न्यून ब्याजदरमा कर्जा तथा अनुदान दिँदै आएको छ ।

यसपटक भने कोेभिड–१९, जलवायु परिवर्तन तथा गरिबीका चुनौतीहरुलाई सम्बोधन गर्न कोषको रकम परिचालन हुनेछ । आइडीएले विश्वका ७४ वटा गरिब देशहरुलाई वित्तीय सहयोग प्रदान गर्दछ । जसमध्ये करिब आधा देशहरु अफिकी महादेशबाट रहेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया