Nepal Life

१० वाणिज्य बैंकले ४ महिनामै कमाए अर्ब बढी नाफा, एनआइसी एसियाको सबैभन्दा धेरै

Global Ime detail Page
  • BFIS News
  • 2021 Dec Wed 20:19
१० वाणिज्य बैंकले ४ महिनामै कमाए अर्ब बढी नाफा, एनआइसी एसियाको सबैभन्दा धेरै
Sanima Reliance

काठमाडौं : चालु आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुको कुल नाफा २३ अर्ब ५२ करोड भन्दा बढी पुगेको छ । कात्तिक मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले ४ महिनामै १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा ग्लोबल आइएमई बैंकको खुद नाफा पनि १ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरै रहेको छ । 

 

 

NIMB

कात्तिक मसान्तमै अर्ब भन्दा बढी नाफा कमाउने बैंकहरुको संख्या १० रहेको छ । अर्कोतर्फ, सेन्चुरी बैंकको खुद नाफा भने सबैभन्दा थोरै देखिएको छ । ४ महिनामा यस बैंकले ३१ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यसैगरी, सिभिल बैंकको पनि ३२ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया