Siddartha Bank
Prabhu Mahalaxmi

बुटवल र इटहरीमा आगामी साता चांगान नेभो क्यू०५ सार्वजनिक गरिने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 12:49
बुटवल र इटहरीमा आगामी साता चांगान नेभो क्यू०५ सार्वजनिक गरिने
United Ajod

काठमाडौं, मंसिर १२ गते । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान नेभो क्यू०५ सार्वजनिक गर्ने भएका छन् ।

 

Siddartha Bank
EBL
Nepal Life

कम्पनीका अनुसार औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।

चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको नेभो क्यू०५ गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकका लागि डिजाइन गरिएको प्रिमियम सहरी इलेक्ट्रिक एसयूभी हो । ‘ए क्लास एबोभ’ अवधारणाअन्तर्गत क्यू०५ मा आराम, डिजाइन र प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

गाडीमा २ हजार ७३५ एमएमको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट तथा ५४० लिटर क्षमताको बुट स्पेससहित फराकिलो र सुविधासम्पन्न क्याबिन उपलब्ध छ । यी विशेषताले दैनिक आवागमनदेखि पारिवारिक यात्रासम्मलाई थप आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ ।

अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कले क्यू०५ विकास गरेको हो । यसमा एरोडाइनामिक बनावट, विशिष्ट लाइटिङ डिजाइन र आकर्षक बाहिरी स्वरूप रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट डिजाइनका लागि यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको छ ।

चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसहितको ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको क्यू०५ मा थ्रिसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । यसबाट १५ मिनेटमै ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यसको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले एनईडीसी मापदण्डअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया