सानिमा बैंकका दुई वरिष्ठ कर्मचारीको बढुवा, थापा नायब प्रमुख कार्यकारी अधिकृत बने
- BFIS News
- 2026 Nov 28 12:52
काठमाडौं, मंसिर १२ गते । सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सर्जुकुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ ।
थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् ।
त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् । बैंकका अनुसार दुवैको बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया