बीमा प्राधिकरणमा बिचौलियाको प्रवेशमा कडाइ, आगन्तुक पास अनिवार्य
- BFIS News
- 2026 Nov 27 10:03
काठमाडौं, मंसिर १० गते । नेपाल बीमा प्राधिकरणले कार्यालयमा प्रवेश गर्ने सेवाग्राही तथा आगन्तुकका लागि आगन्तुक पास अनिवार्य गरेको छ।
प्राधिकरणले कार्यालय परिसरमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्ने व्यवस्था गरेको हो। उक्त कागजातका आधारमा आगन्तुक पास लिएपछि मात्रै कार्यालय प्रवेश गर्न पाइनेछ।
प्राधिकरणले मंसिर १० गते सूचना जारी गर्दै नयाँ व्यवस्थाबारे जानकारी दिएको हो। साथै, सम्बन्धित सबै सेवाग्राही तथा आगन्तुकलाई उक्त नियम पालना गर्न अनुरोध गरेको छ।
प्राधिकरणमा विभिन्न आवरणमा प्रवेश गर्ने बिचौलियाले बीमा कम्पनीहरूको शेयरसम्बन्धी सूचना संकलन तथा बिक्री गर्ने, सेटिङ मिलाउने र महत्वपूर्ण सूचना प्राप्त गर्ने प्रयास गर्ने गरेको बताइँदै आएको थियो। यस्ता गतिविधि नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको प्राधिकरणको निर्णयसँग जोडिएको छ।
यसअघि प्राधिकरणमा बिचौलियाको प्रभाव रहेको भन्दै आलोचना हुँदै आएको थियो। नयाँ अध्यक्षका रूपमा राजनविक्रम थापाको नियुक्तिपछि प्राधिकरणलाई बिचौलियामुक्त बनाउने उद्देश्यसहित यो निर्णय गरिएको हो। थापाले प्राधिकरणलाई स्वच्छ, मर्यादित र व्यावसायिक बनाउँदै लैजाने बताएका थिए।
नयाँ व्यवस्थाले कार्यालयमा अनावश्यक प्रवेश तथा नियामकीय सूचना र गतिविधिमा पहुँच बनाउन खोज्नेहरूको गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया