नेप्से ८.७० अंकले बढ्यो, कारोबार ६ अर्ब १४ करोड
- BFIS News
- 2026 Nov 25 16:30
काठमाडौं, मंसिर ९ गते । शेयर बजार बुधबार पनि सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेर बन्द भएको हो।
बुधबार कारोबारमा आएका नेप्सेका १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने ३ वटाको घटेको छ। यस दिन विकास बैंक उपसमूह सर्वाधिक ०.९९ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।
आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ। त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
यस दिन शेयर बजारमा कुल ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया