महालक्ष्मी विकास बैंकद्वारा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ छात्रवृत्ति
- BFIS News
- 2026 Nov 24 16:00
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले स्थापित ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ खातुनलाई प्रदान गरेको हो।
स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको उक्त छात्रवृत्ति श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर नगरपालिका–१४, झापामा अध्ययनरत खातुनलाई प्रदान गरिएको बैंकले जनाएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिएको छ।
यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व र डिजिटल बैंकिङ सेवालाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया