Siddartha Bank
Prabhu Mahalaxmi

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त उद्घाटन

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 23 16:33
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त उद्घाटन
United Ajod

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन्। सोमबार नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत दुवै प्रधानमन्त्रीले आयोजनाको उद्घाटन गरेका हुन्।

Siddartha Bank
EBL
Nepal Life

संखुवासभा जिल्लाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपाल लगानी बोर्डसँगको सहकार्यमा आयोजना विकास गर्न लागेको हो।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा अघि बढाइनेछ। निर्माण सुरु भएको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना सञ्चालनमा आएपछि उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने सम्झौता छ। आयोजनाले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट निस्कने पानीलाई १७.३ किलोमिटर लामो सुरुङमार्फत ल्याएर विद्युत् उत्पादन गर्नेछ।

सम्झौताअनुसार आयोजनाले २५ वर्षसम्म व्यावसायिक उत्पादन तथा सञ्चालन गरेपछि सञ्चालनकै अवस्थामा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।

आयोजना निर्माण सम्पन्न भएपछि नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुनुका साथै ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, संखुवासभासहित आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार र स्थानीय विकासमा समेत आयोजनाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया