प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्ष मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता
- BFIS News
- 2026 Nov 23 14:11
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्तामा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ। दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा सम्पन्न वार्तामा नेपाल र भारतका उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।
नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
त्यसैगरी, भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको यस उच्चस्तरीय भेटवार्तालाई नेपाल–भारतबीचको कूटनीतिक संवाद र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया