महुली लघुवित्तले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश, बोनस सेयर ९.५० प्रतिशत
- BFIS News
- 2026 Nov 23 10:53
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको १८५औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
हाल संस्थाको चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा संस्थाले ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १९ लाख ३७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित कुल लाभांश रकम ३ करोड ८७ लाख रुपैयाँ रहेको छ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।
लाभांश प्रस्ताव सार्वजनिक हुँदासम्म दोस्रो बजारमा महुली लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया