लक्ष्मी सनराइज बैंकको साधारणसभा मंसिर २५ गते, ५.२६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव
- BFIS News
- 2026 Nov 19 12:48
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड ले आफ्नो २६औँ वार्षिक साधारणसभा मंसिर २५ गते बोलाएको छ। बैंकले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे सभा आयोजना गर्ने भएको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको ५.२६ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ।
बैंकको सञ्चालक समितिको असोज १२ गते (अक्टोबर २८, २०२६) सम्पन्न ३३१औँ बैठकले चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकको हालको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस शेयर वितरण गरिनेछ। त्यस्तै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
यसैगरी, साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा पेस हुनेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया