सम्पदा लघुवित्तले प्रस्ताव गर्यो ४.२१ प्रतिशत लाभांश, बोनस सेयर ४ प्रतिशत
- BFIS News
- 2026 Nov 19 11:24
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको ५२औँ बैठकले चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। संस्थाले २ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र १४ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
हाल संस्थाको चुक्ता पुँजी ७० करोड ८ लाख रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
समाचार तयार गर्दासम्म संस्थाको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७०५ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया