सोनापुर मिनरल्सको साधारणसभा मंसिर २३ गते, ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव
- BFIS News
- 2026 Nov 18 10:49
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १९औँ वार्षिक साधारणसभा मंसिर २३ गते बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा दाङको घोराहीस्थित होटल माला इन प्रालिमा बिहान १० बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।
कम्पनीले आफ्ना सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश वार्षिक साधारणसभाबाट पारित भएपछि प्रचलित कर कट्टी गरी सेयरधनीलाई वितरण गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर ९ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया