Siddartha Bank
Prabhu Mahalaxmi

सर्वोत्तम सिमेन्टले २१ प्रतिशत लाभांश दिने, १ अर्ब ९ करोड रुपैयाँ वितरण गर्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 17 14:45
सर्वोत्तम सिमेन्टले २१ प्रतिशत लाभांश दिने, १ अर्ब ९ करोड रुपैयाँ वितरण गर्ने
United Ajod

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Siddartha Bank
EBL
Nepal Life

प्रस्तावित लाभांशमध्ये ३१ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस सेयर र करसहित ७८ करोड ३६ लाख रुपैयाँ नगद लाभांश रहेको छ। यसअनुसार कम्पनीले कुल १ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यतिबेला ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष बोनस सेयरको हिस्सा एक प्रतिशत विन्दुले बढाएको छ।

पछिल्ला चार आर्थिक वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत नगद लाभांश दिएको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी १० प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ मा ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो।

यस वर्ष कम्पनीले कुल लाभांश २१ प्रतिशत पुर्‍याउँदै पछिल्ला चार वर्षमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया