Siddartha Bank
Prabhu Mahalaxmi

व्यक्तिगत आयकरमा राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल सर्वाधिक करदाता सम्मानित

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 17 14:50
व्यक्तिगत आयकरमा राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल सर्वाधिक करदाता सम्मानित
United Ajod

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर योगदान गर्ने करदातालाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

Siddartha Bank
EBL
Nepal Life

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। त्यसैगरी, संस्थागत तथा व्यावसायिकतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ।

सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई पनि विशेष सम्मान प्रदान गरेको छ। विभिन्न आन्दोलनका क्रममा आगजनी र भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले आफ्नो व्यावसायिक सञ्चालनलाई निरन्तरता दिएको, कर्मचारीलाई रोजगारीबाट नहटाएको र क्षतिग्रस्त स्टोरहरूको पुनर्निर्माण गरी व्यवसायलाई पुनः सञ्चालनमा ल्याएको योगदानको कदर गर्दै सरकारले सम्मान गरेको हो।

राष्ट्रिय कर दिवसका अवसरमा प्रदान गरिने यस्ता सम्मानले करदाताको योगदानको कदर गर्नुका साथै कर अनुपालन र व्यावसायिक निरन्तरतामा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया