नेपाल बीमक संघद्वारा बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई
- BFIS News
- 2026 Nov 17 15:29
काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले शुक्रबार प्राधिकरणका नवनियुक्त अध्यक्षसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गरेको हो।
भेटका क्रममा संघले नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो। त्यस अवसरमा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका विषयमा छलफल भएको संघले जनाएको छ।
छलफलमा बीमा सेवाको पहुँच विस्तार, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयले प्राथमिकता पाएको थियो। साथै, बीमा क्षेत्रको विकासका लागि प्राधिकरण र बीमा कम्पनीहरूबीचको आपसी समन्वय, सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
संघले नवनियुक्त अध्यक्षको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ। साथै, बीमा क्षेत्रको विकास र सुदृढीकरणका लागि प्राधिकरणसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया