Nepal Life

भ्याल्यू स्टक भनेको के हो, कसरी छान्ने यस्ता सेयर ?

Global Ime detail Page
  • Admin
  • 2021 Dec Wed 21:09
भ्याल्यू स्टक भनेको के हो, कसरी छान्ने यस्ता सेयर ?
Sanima Reliance

काठमाडौं : सेयर बजारमा विभिन्न किसिमका गुण र विशेषता भएका स्टकहरु हुने गर्छन् । कुनै डिभिडेन्डमा केन्द्रित भएका स्टकहरु हुन्छन् भने कुनै ग्रोथ स्टक हुने गर्छन् । त्यसैगरी कुनै इन्कम स्टकहरु हुन्छन् । यी स्टकहरुका आ–आफ्नै विशेषता हुने गर्दछन् । यसर्थ, आफू कस्तो किसिमको लगानीकर्ता हो ? त्यसको पहिचान गरी सोही अनुसार स्टकहरु छनोट गर्न सक्नुपर्छ । 

NIMB

लाभांशमा केन्द्रित हुने कि, पुँजीगत लाभलाई बढीमात्रामा जोड दिने कि भन्ने कुरा स्वयं लगानीकर्तामा निर्भर रहने गर्छ । यस्तै, कुनै स्मल क्यापका कम्पनीहरु हुन् सक्छन्, जसमा छिटोछिटो भाउ उतारचढाव हुने गर्दछ । यस्ता कम्पनी विशेषगरी ट्रेडिङ प्रपोजले बढी महत्वपूर्ण हुन सक्छ ।

यसैगरी, लार्ज क्याप र सबल आधारभूत पक्ष भएका कम्पनीहरुले ढिलो पुँजीगत लाभ दिए पनि लाभांशबाट पर्याप्त फाइदा लिन सकिने हुन सक्छ । यसतर्फ, सर्वसाधारण लगानीकर्ताले विशेष ख्याल गर्नुपर्ने हुन्छ । यसैसन्दर्भमा यसपटक हामी भ्याल्यू स्टक र इन्कम स्टकका बारेमा चर्चा गर्दैछौं । भ्याल्यू स्टक के हो ? कसका लागि यस्ता स्टक बढी महत्वपूर्ण हुन्छ भन्नेबारेमा सामान्य जानकारी दिने प्रयास गर्दैछौं । 

भ्याल्यू स्टक 
विशेषगरी अन्डरभ्याल्यूड भएका स्टकहरु छनोट गरी पर्याप्त लाभ लिन सक्नु । उचित अनुसन्धान र गृहकार्य गर्नेहरुका लागि अन्डरभ्याल्यूड स्टकहरुले लामो समयसम्म नाफा प्रदान गर्न सक्दछ । यसमा बजारमा अवमूल्यनमा परेका अथवा आधारभूत र प्राविधिक पक्षका आधारमा आफ्नो वास्तविक भाउ भन्दा कम मूल्यमा कारोबार भइरहेका सेयरहरुलाई यस वर्गमा लक्षित गरिन्छ । यस्ता कम्पनीहरुको लाभांश वितरण क्षमता प्रायः उच्च हुन्छ ।

वा, प्राइस टु बुक (पीबी) रेसियो, मूल्य आम्दानी अनुपात (पीई रेसियो) लगायत वित्तीय अनुपातहरु न्यून हुन सक्छ । भ्याल्यू स्टकहरुको वित्तीय अवस्था मजबुत हुँदाहुँदै पनि बजारले भने लामो समयसम्म यस्ता सेयरप्रति नकारात्मक भावना बनाएको पाइन्छ । यस्तो भावना कम्पनीको वित्तीय अवस्थाका आधारमा नभई अन्य कुनै घटनालाई आधार बनाएर विकास हुने गर्दछ । 

भ्याल्यू स्टकहरु सामान्यतयः मूल्यका हिसाबले स्थिर हुने गर्दछन् । यस्ता कम्पनीहरु बजारमा स्थापित भएका हुन्छन् । तसर्थ, जोखिमको सम्भावना पनि निकै कम हुने गर्दछ । यस्ता कम्पनीहरुले लगानीकर्तालाई नियमित लाभांश पनि दिन्छन् र आम्दानीको उचित स्रोत पनि बन्न सक्छन् । यद्दपि, लगानीकर्ताको उद्देश्य भने यस्ता कम्पनीहरु अवमूल्यनमा परेको बेला खरिद गर्ने र बढेर उचित मूल्यमा पुगेपछि बिक्री गर्ने नै हुन्छ ।

भ्याल्यू स्टक कस्ता लगानीकर्तालाई बढी लाभदायी हुन्छ ? 

भ्याल्यू स्टक ‘लो रिस्क प्रोफाइल’ भएका लगानीकर्ता र बजारमा अल्डरभ्याल्यूड स्टक पत्ता लगाउने क्षमता भएका लगानीकर्ताका लागि उपयोगी हुन्छ । भ्याल्यू सेयरको फन्डामेन्टल राम्रो भए पनि लगानीकर्ताको रोजाइमा पर्न सकेका हुँदैनन् । तसर्थ, यस्ता सेयरहरुको सम्भावना पत्ता लगाउने काम लगानीकर्ता आफैंको हो । मूल्यमा तीब्र अस्थिरता नरुचाउने लगानीकर्ताका लागि पनि यस्तो स्टक काम लाग्न सक्छ । साथै, बजारका नयाँ कारोबारीले पनि ट्रेडिङमा प्रयोग गर्न सक्छन् ।

इन्कम वा डिभिडेन्ड स्टक के हो ? 

इन्कम वा डिभिडेन्ड स्टकलाई स्थिर आम्दानी दिने स्टकका रुपमा लिन सकिन्छ । स्थिर आम्दानी दिने पोर्टफोलियो निर्माण गर्न चाहने लगानीकर्ताले इन्कम स्टक रोज्ने गर्दछन् । सामान्यतयः स्थिर आम्दानी दिने मुद्दति निक्षेम, ट्रेजरीलगायत अन्य उपकरणको भन्दा बढी आम्दानीको चाहना गरी यस्ता सेयरमा लगानी गरिन्छ । यस्ता कम्पनीहरुको प्रदर्शन निरन्तर राम्रो हुने गर्दछ । वित्तीय रुपमा यस्ता कम्पनीहरु मजबुत हुने गर्दछन् ।

इन्कम स्टक कसका लागि बढी लाभदायी ? 

उच्च लाभांश चाहने लगानीकर्ताले यस्ता कम्पनीमा लगानी गर्न सक्दछन् । स्थिर आय वृद्धि गर्न चाहनेका लागि डिभिडेन्ड स्टक प्रभावकारी हुन सक्छन् । अवकास पाउने उमेर हुन लागेका र तलबको विकल्प खोजिरहेका लगानीकर्ताका लागि यो फाइदाकारी हुनसक्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया