राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै, २८ दिनका लागि बोलकबोल आह्वान
- BFIS News
- 2026 Nov 20 11:50
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिन अवधिका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत आवेदन दिनुपर्नेछ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ। यस उपकरणको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी हुनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम १० करोड रुपैयाँले भाग जाने हुनुपर्नेछ। निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई प्राथमिकता दिइनेछ। यसरी क्रमशः ब्याजदरका आधारमा कुल आह्वान रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
समान ब्याजदरमा प्राप्त बोलको कुल रकम आह्वान गरिएको सीमाभन्दा बढी भएमा समानुपातिक (प्रो रेटा) आधारमा बाँडफाँट गरिनेछ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ।
स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ। भुक्तानी मितिमा साँवा र निर्धारित ब्याज सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने व्यवस्था छ।
यसरी संकलन गरिएको निक्षेप रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा समावेश गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातबाहेकको एसएलआर तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिने व्यवस्था छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)


.jpg)

.jpg)




प्रतिक्रिया