Siddartha Bank
Prabhu Mahalaxmi

लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश, ४.७५ प्रतिशत बोनस शेयर

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 20 11:55
लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश, ४.७५ प्रतिशत बोनस शेयर
United Ajod

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

लघुवित्तको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन। यसअघि आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया