सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि २२५ रुपैयाँ सस्तियो
- BFIS News
- 2026 Nov 20 11:48
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।
मंसिर ४ गते शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा निरन्तर गिरावट देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)



.jpg)




प्रतिक्रिया