नेपाल एसबिआई बैंकले घोषणा गर्यो ८.२५ प्रतिशत लाभांश, बोनसभन्दा नगद बढी
- BFIS News
- 2026 Nov 13 11:45
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ३.४ प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।
बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको ५५२औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी ३३औँ वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ९ प्रतिशत लाभांश वितरण गरेको थियो। उक्त वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो। यस वर्ष भने लाभांश दर ०.७५ प्रतिशत विन्दुले घटेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा बैंकले १०.६५ प्रतिशत, २०७९/८० मा १०.५५ प्रतिशत र २०७८/७९ मा १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। पछिल्ला तीन आर्थिक वर्षको लाभांश दर हेर्दा बैंकको लाभांश वितरण क्रमशः घट्दै गएको देखिन्छ।
बैंकको लाभांश वितरण इतिहासअनुसार आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी २९.५३ प्रतिशत लाभांश वितरण गरिएको थियो। त्यसबेला बैंकले २८ प्रतिशत बोनस शेयर र १.५३ प्रतिशत नगद लाभांश दिएको थियो।
नेपाल एसबिआई बैंकको लाभांश इतिहास
| आर्थिक वर्ष | बोनस शेयर (%) | नगद लाभांश (%) | कुल लाभांश (%) |
|---|---|---|---|
| २०८२/८३ | ३.४० | ४.८५ | ८.२५ |
| २०८१/८२ | ४.०० | ५.०० | ९.०० |
| २०८०/८१ | ३.८० | ६.८५ | १०.६५ |
| २०७९/८० | ३.७५ | ६.८० | १०.५५ |
| २०७८/७९ | ३.०० | ७.५३ | १०.५३ |
| २०७७/७८ | ३.५० | १.८१ | ५.३१ |
| २०७६/७७ | ६.०० | ३.४७ | ९.४७ |
| २०७५/७६ | ६.०० | १०.८४ | १६.८४ |
| २०७४/७५ | ५.०० | १०.७९ | १५.७९ |
| २०७३/७४ | १५.४२ | ०.८१ | १६.२३ |
| २०७२/७३ | २८.०० | १.५३ | २९.५३ |
| २०७१/७२ | २७.०० | १.४२ | २८.४२ |
| २०७०/७१ | १५.०० | ७.०० | २२.०० |
| २०६९/७० | १२.५० | ७.५० | २०.०० |
| २०६८/६९ | १२.५० | ५.०० | १७.५० |
| २०६७/६८ | १२.५० | ५.०० | १७.५० |
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया