दानबहादुर कार्कीको रिटमा मंसिर ७ गते सर्वोच्च अदालतमा सुनुवाइ हुने
- BFIS News
- 2026 Nov 23 16:10
काठमाडौं । दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले मंसिर ७ गते बुधबार सुनुवाइ गर्ने भएको छ। उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी रहेको उक्त रिट निवेदनमा यसअघि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका नाममा म्याद तामेल गर्न पठाइएको थियो। तर, प्रहरी महानिरीक्षक कार्यालय परिसरमा उपस्थित नभएको र कार्यालयले समयमै म्याद बुझ्न इन्कार गरेको भन्दै अदालतका तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन पेस गरेका थिए।
यस विषयमा नेपाल प्रहरी प्रधान कार्यालयका तर्फबाट अदालतमा उपस्थित भएका अधिवक्ताले प्राधिकृत कारणले म्याद बुझ्न नसकिएको जानकारी गराएका थिए। त्यसपछि अदालतले प्रहरी महानिरीक्षक केसीकै नाममा पुनः म्याद जारी गर्ने आदेश दिएको छ। साथै, म्याद बुझाई प्राप्त भएपछि नियमानुसार पेस गर्न पनि आदेशमा भनिएको छ।
अदालतको आदेशअनुसार प्रस्तुत रिट निवेदन शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएकाले सुनुवाइलाई प्राथमिकता दिइएको हो। सोही आधारमा मंसिर ७ गतेका लागि पेसी तोक्दै उक्त मुद्दालाई पालोसमेत आउने गरी प्राथमिकतामा राखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया