Siddartha Bank
Prabhu Mahalaxmi

सोल्टी होटलले प्रस्ताव गर्‍यो ३६.८४ प्रतिशत लाभांश, पुस २१ गते साधारणसभा

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 24 11:00
सोल्टी होटलले प्रस्ताव गर्‍यो ३६.८४ प्रतिशत लाभांश, पुस २१ गते साधारणसभा
United Ajod

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते ५२औँ वार्षिक साधारणसभा बोलाएको छ ।

Siddartha Bank
EBL
Nepal Life

कम्पनी सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशको कुल दर ३६.८४२१०५२६ प्रतिशत रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । प्रस्तावित नगद लाभांशबापत कम्पनीले १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण गर्नेछ । उक्त नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको ५२औँ वार्षिक साधारणसभा पुस २१ गते बिहान १० बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्नेछ ।

साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर मसान्तसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन सक्नेछन् ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया