Siddartha Bank
Prabhu Mahalaxmi

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, परिसूचक २६४७ अंकमा पुग्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 15:47
नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, परिसूचक २६४७ अंकमा पुग्यो, कारोबार रकम ६ अर्ब नाघ्यो
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर उकालो लागेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

Siddartha Bank
EBL
Nepal Life

बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २ हजार ६४७.६५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले वृद्धि भएको छ।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन ३५६ वटा स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच भएको हो।

मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सर्वाधिक वृद्धि

बुधबार मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतले वृद्धि भएको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।

यस दिन मूल्य घटेका कम्पनीहरूको शेयरमूल्यमा भने साढे ३ प्रतिशतभन्दा कम गिरावट देखिएको छ।

कारोबार रकममा हिमालयन उर्जा विकास कम्पनी अगाडि

कारोबार रकमका आधारमा बुधबार हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१० उपसमूहको परिसूचक बढ्यो

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ भने तीन वटाको घटेको छ।

यस दिन बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन्।

यता होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक भने सामान्य घटेका छन्। यससँगै अधिकांश उपसमूहमा देखिएको सुधारले समग्र नेप्से परिसूचकलाई सकारात्मक दिशामा अघि बढाएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया