स्वावलम्बन लघुवित्तले प्रस्ताव गर्यो ५ प्रतिशत लाभांश, ४.७५ प्रतिशत बोनस सेयर दिने
- BFIS News
- 2026 Nov 23 10:27
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको ५००औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ। यसअनुसार संस्थाले ८ करोड ३१ लाख रुपैयाँ बराबरको ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, कर प्रयोजनका लागि ०.२५ प्रतिशत अर्थात् ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।
लाभांश प्रस्ताव सार्वजनिक भएको समयमा संस्थाको सेयर दोस्रो बजारमा प्रतिकित्ता ७०० रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया