Siddartha Bank
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंक र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 17:26
मुक्तिनाथ विकास बैंक र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै संस्थाबीच स्वास्थ्य सेवा र बैंकिङ सुविधामा पारस्परिक सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो।

Siddartha Bank
EBL
Nepal Life

सम्झौताअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट दिनेछ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकले अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई सहुलियतपूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेछ। बैंकले उनीहरूलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जालगायतका सुविधा प्रदान गर्नेछ।

बैंकका अनुसार यस सहकार्यले दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यसबाट बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भने अस्पतालका कर्मचारीले सहज, सरल र प्राथमिकतायुक्त बैंकिङ सेवाको लाभ लिन सक्नेछन्।

स्वास्थ्य सेवा र वित्तीय सेवाबीचको सहकार्य विस्तार गर्ने उद्देश्यले गरिएको यस सम्झौताले ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध र दुवै संस्थाबीचको पारस्परिक लाभ अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया