बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचतको हिस्सा ५० प्रतिशत नजिक
- BFIS News
- 2026 Nov 26 19:05
काठमाडौं, १० मंसिर । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप संरचनामा बचत निक्षेपको हिस्सा उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४९.३ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तमा कुल निक्षेपमा बचतको हिस्सा ३८.७ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा बचत निक्षेपको हिस्सा १०.६ प्रतिशत विन्दुले बढेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउँदै लगेपछि निक्षेपकर्ताहरू मुद्दती निक्षेपको सट्टा साधारण बचत खातामा रकम राख्न आकर्षित हुँदा बचत निक्षेपको हिस्सा बढेको देखिन्छ ।
बचत निक्षेपको हिस्सा बढ्दै जाँदा मुद्दती निक्षेपको हिस्सामा भने गिरावट आएको छ । २०८२ असोज मसान्तमा कुल निक्षेपमा ४६.४ प्रतिशत हिस्सा रहेको मुद्दती निक्षेप २०८३ असोज मसान्तमा घटेर ३४ प्रतिशतमा सीमित भएको छ । एक वर्षको अवधिमा मुद्दती निक्षेपको हिस्सा १२.४ प्रतिशत विन्दुले घटेको हो । गत असार मसान्तमा यस्तो हिस्सा ३५.३ प्रतिशत रहेकोमा असोज मसान्तसम्म थप १.३ प्रतिशत विन्दुले घटेको छ ।
त्यस्तै, चल्ती निक्षेपको हिस्सा पनि बढेको छ । २०८२ असोज मसान्तमा ६.५ प्रतिशत रहेको चल्ती निक्षेपको हिस्सा २०८३ असोज मसान्तमा ७.६ प्रतिशत पुगेको छ । यद्यपि, गत असार मसान्तको ८.१ प्रतिशतको तुलनामा भने घटेको हो ।
यसैगरी, अन्य निक्षेपको हिस्सा २०८२ असोज मसान्तमा ८.५ प्रतिशत रहेकोमा २०८३ असोज मसान्तमा बढेर ९.१ प्रतिशत पुगेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया