सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता
- BFIS News
- 2026 Nov 25 18:23
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई सुदृढ बनाउने सम्बन्धमा रणनीतिक सम्झौता भएको छ।
मङ्सिर ९ गते भएको सम्झौताअनुसार बैंकले भिसा कार्ड पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकका लागि कार्ड सेवा र भुक्तानी स्वीकार्यताको दायरा बढाउनेछ। यस सहकार्यले नयाँ भुक्तानी सेवाको विकास तथा ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताबारे सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले यसले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको बताए। सहकार्यमार्फत भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि र कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुर्याउने बैंकको लक्ष्य रहेको उनले बताए।
त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्य महत्वपूर्ण हुने बताए। यसले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाउने उनले बताए।
सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्ने योजना बनाएको छ। साथै, ग्राहकलाई लक्षित गर्दै थप आकर्षक सुविधा तथा विशेष अफरहरू ल्याउने बैंकको तयारी छ।
यस सहकार्यले नेपालको विकासोन्मुख कार्ड तथा डिजिटल भुक्तानी क्षेत्रमा सिद्धार्थ बैंकको उपस्थिति थप सुदृढ बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया