कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने
- BFIS News
- 2026 Nov 26 10:43
काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो। उक्त शेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली योग्य हुनेछन्।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम म्याद मंसिर १५ गते तोकिएको छ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि मंसिर २४ गतेसम्म थप हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फारमबापत दुई रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (एनपीभी) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर (आईआरआर) २४.२७ प्रतिशत रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया