मैलुङ खोला जलविद्युतको साधारणसभा पुस ३ गते, लाभांश नदिने
- BFIS News
- 2026 Nov 26 12:03
काठमाडौं, ११ मंसिर । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी पुस ३ गते शुक्रबार तेह्रौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सभा आयोजना गर्न लागेको हो ।
गत भदौ १० गते आएको भीषण बाढीका कारण कम्पनीका विद्युत् उत्पादन संरचनामा व्यापक क्षति पुगेको थियो । कम्पनीले आफ्ना शेयरधनीलाई यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया