Siddartha Bank
Prabhu Mahalaxmi

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालमा सार्वजनिक, मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँदेखि

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 12:45
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालमा सार्वजनिक, मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँदेखि
United Ajod

काठमाडौं, मंसिर १२ गते । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ ।

 

Siddartha Bank
EBL
Nepal Life

स्कुटर सार्वजनिक गर्ने अवसरमा आर्ट ग्यालरीलाई प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो । त्यहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका छ वटा स्कुटर प्रदर्शनीमा राखिएका थिए । प्रत्येक स्कुटरको सजावट र त्यस वरपरको वातावरणमा छुट्टै भाव तथा शैली प्रस्तुत गरिएको थियो ।

आगन्तुकहरूले प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए । कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल सामग्री सिर्जनाकर्ताहरूको पनि सहभागिता थियो । उनीहरूले शैली, व्यक्तित्व र निजी अभिव्यक्तिबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर प्रविधि जडान गरिएको छ । उक्त प्रविधिले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न सहयोग गर्नुका साथै स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति प्रदान गर्छ । यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

केवल ९८ किलोग्राम तौल रहेको स्कुटरमा हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचजस्ता सुविधा छन् । यी सुविधाले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउने कम्पनीको दाबी छ ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुने बताउनुभयो । उहाँले फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र सवारीमार्फत मौलिकता झल्काउन चाहने ग्राहकलाई लक्षित गरी तयार गरिएको बताउनुभयो ।

यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड नेपालभरका यामाहा शोरुम तथा डिलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फ्यासिनो ड्रमको मूल्य दुई लाख ९९ हजार ९०० रुपैयाँ, फ्यासिनो डिस्कको तीन लाख २९ हजार ९०० रुपैयाँ र फ्यासिनो एसको तीन लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

ग्राहकले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन तथा थप जानकारी लिन सक्नेछन् ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया