NIMB Header 2
Nepal Life

बुटवल पावरको ६ % नगद लाभांश घोषणा, दोस्रो बजारमा अत्याधिक उछालपछि शेयरधनीलाई बनायो निरास

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 19 08:35
बुटवल पावरको ६ % नगद लाभांश घोषणा, दोस्रो बजारमा अत्याधिक उछालपछि शेयरधनीलाई बनायो निरास
National Life

काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षका लागि ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्दै पुस २८ गते ३३औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

लामो समयदेखि शेयर बजारमा उल्लेख्य उछाल देखिएको बुटवल पावरको शेयरबाट उच्च प्रतिफलको अपेक्षा गरेका लगानीकर्ता भने लाभांश घोषणापछि निरास देखिएका छन्। यस वर्ष कम्पनीको शेयर मूल्यमा उल्लेखनीय वृद्धि भए पनि अपेक्षाकृत न्यून लाभांश घोषणा हुँदा दोस्रो बजारमा त्यसको प्रभाव देखिन सक्ने आँकलन गरिएको छ।

साधारण सभामा पेश हुने प्रस्तावहरू

आगामी साधारण सभामा कम्पनीले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, लेखापरीक्षण समितिको सिफारिसअनुसार आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

साधारण सभाले पुस ३ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई आ.व. २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसैगरी सञ्चालक समितिमा रिक्त हुने चार सञ्चालक पदका लागि निर्वाचन पनि हुने कम्पनीले जनाएको छ।

विशेष प्रस्तावअन्तर्गत आ.व. २०८१/८२ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई प्रदान गरिएको ९ लाख ८७ हजार २०० रुपैयाँ बराबरको आर्थिक सहयोग रकम अनुमोदन गरिनेछ।

कम्पनीका अनुसार आ.व. २०८१/८२ मा आँधीखोला र झिमरुक जलविद्युत गृहबाट कुल १४०.०६ गिगावाट आवर विद्युत उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.७१ प्रतिशतले बढी हो। उत्पादित विद्युतमध्ये ६१.२२ प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई र बाँकी आफ्नै वितरण प्रणालीमार्फत उपभोक्तालाई बिक्री गरिएको थियो।

हिमाल पावर र अन्य आयोजनाको प्रगति

२०८२/७/२१ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बुटवल पावरले स्टाटक्राफ्ट होल्डिङ (सिंगापुर) र इभिनी ए.एस. (नर्वे) को स्वामित्वमा रहेको हिमाल पावर लिमिटेडको शेयर खरिद गर्ने प्रक्रियामा रहेको छ। यससँगै नेपाल विद्युत प्राधिकरणसँगको सम्झौताअनुसार खिम्ती–१ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता तथा आयोजनाको स्वामित्वसम्बन्धी ५० प्रतिशत हित प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

कम्पनी तथा सहायक/सम्बद्ध कम्पनीमार्फत विकास भइरहेका आयोजनाहरूको अवस्था यस्तो छः

 न्यादी जलविद्युत आयोजना (३० मेगावाट): वार्षिक १६८ गिगावाट आवर आपूर्ति सम्झौता भए पनि ६५.५ प्रतिशत मात्र विद्युत खरिद भएकाले आयोजना प्रवर्द्धक कम्पनी नोक्सानीमा परेको छ।

काबेली इनर्जी लिमिटेड: अरुण काबेली पावर लिमिटेडलाई सम्पूर्ण शेयर बिक्री गरी बहिर्गमन प्रक्रियामा।

मनाङ मर्स्याङदी (१३५ मेगावाट): निर्माण कार्य जारी, भौतिक प्रगति ३० प्रतिशत।

तल्लो मनाङ मर्स्याङदी (१३९.२ मेगावाट): आयोजना कम्पनी हस्तान्तरण र वित्तीय व्यवस्थापनको चरणमा।

अपर मर्स्याङदी–२ (३२७ मेगावाट): आयोजना विकास सम्झौता र विद्युत खरिद–बिक्री सम्झौताको प्रक्रियामा।

चिनोखोला जलविद्युत आयोजना (७.९ मेगावाट): निर्माण सुरु, करिब १५ प्रतिशत भौतिक प्रगति।

उच्च शेयर मूल्य वृद्धिका बीच अपेक्षाकृत न्यून लाभांश घोषणा भएपछि बुटवल पावरका लगानीकर्ता आगामी दिनमा कम्पनीको रणनीति र परियोजना प्रगतितर्फ थप चनाखो भएर हेर्ने देखिन्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया