Nepal Life

१२९ कम्पनीले गरे लाभांश घोषणा, औषत लाभांश १२ प्रतिशत माथि, ४८ वटाको शेयर किन्दा अझै पाउन सकिन्छ लाभांश

NMB Bank
  • BFIS News
  • 2025 Dec 20 08:54
१२९ कम्पनीले गरे लाभांश घोषणा, औषत लाभांश १२ प्रतिशत माथि, ४८ वटाको शेयर किन्दा अझै पाउन सकिन्छ लाभांश
National Life

काठमाडौं। शेयर बजारमा सूचिकृत कम्पनीहरु मध्ये अहिलेसम्ममा म्युचुअल फण्ड सहित १२९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने मध्येको औषत लाभांश १२ प्रतिशत भन्दा धेरै देखिएको छ। जसमा सर्वाधिक धेरै लाभांश वितरण गरेको युनिलिभरको १८४२ प्रतिशत रहेको छ। यसलाई समेत औषत लाभांशमा गणना गर्दा २६ प्रतिशत हुन आउछ।

Shikhar
NIMB

सर्वाधिक धेरै लाभांश घोषणा गर्नेमा युनिलिभर पछि दोस्रो नम्बरमा एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट परेको छ। यसले यस वर्ष ४२.१० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ४० प्रतिशत बोनस शेयर दिएको छ। तेस्रो नम्बरमा सोल्टी होटल परेको छ। सोल्टीले १५ प्रतिशत बोनस शेयर सहित ३१.५७ प्रतिशत लाभांश दिएको छ। यस पछि तीन वटा कम्पनी छिमेक लघुवित्त, सिद्धार्थ प्रिमियर र हिमालयन डिष्ट्रिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेका छन्। साहस उर्जाले २२ प्रतिशत दिएको छ भने २१ प्रतिशतको हाराहारीमा माउन्टेन इनर्जी, नेपाल ल्युब आयल, नेपाल लाइफ र सानिमा लार्ज क्यापले लाभांश दिएका छन्।  

अझै पनि ४८ वटा कम्पनीको लाभांश दोस्रो बजारबाट शेयर खरिद गरेपछि पनि पाउन सकिन्छ। यस मध्ये अधिकाम्सको बुक क्लोज मिति तोक्नै बाँकी छ। केहिको मिति तोकिए पनि अझै शेयर खरिद गर्दा घोषित लाभांश पाउन सकिछ।

हेर्नुहोस् कुन कम्पनीको लाभांश कति सूचि सहित

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया