NIMB Header 2
Nepal Life

लगानीकर्ता संघ–संस्थाको चर्को विरोधका बाबजुद रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आजदेखि खुला

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 22 14:12
लगानीकर्ता संघ–संस्थाको चर्को विरोधका बाबजुद रिलायन्स स्पिनिङ मिल्सको आइपिओ आजदेखि खुला
National Life

काठमाडौं, पुस ७ । लगानीकर्ता संघ–संस्थाहरूको चर्को विरोधका बाबजुद रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन खुला गरेको छ। कम्पनीले पुस ७, २०८२ देखि आइपिओ निष्कासन गरेको हो।

Shikhar
NIMB

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। आइपिओको छिटो बन्द हुने मिति पुस ११, २०८२ तोकिएको छ। सो अवधिमा माग पूरा नभएमा पुस २१, २०८२ सम्म आवेदन दिन सकिनेछ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन तथा बाँडफाँट भइसकेको छ। त्यसपछि बाँकी रहेको कुल १० लाख ४० हजार ३६४ कित्तामध्ये ५७ हजार ७९८ कित्ता म्युचुअल फन्डका लागि र ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध गराइएको हो।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गरेको हो। योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारण गरिएको ‘कट–अफ प्राइस’ ९१२ रुपैयाँ रहेको थियो। नियमअनुसार सर्वसाधारणलाई १० प्रतिशत कम मूल्यमा सेयर उपलब्ध गराइने भएकाले सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। सर्वसाधारण लगानीकर्ताले यही दरमा सेयर खरिद गर्न पाउनेछन्।

सर्बोत्तम सिमेन्ट लिमिटेडपछि नेपालमा बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने यो दोस्रो कम्पनी हो।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई ‘क्रेडिट वाच विथ डेभलपिङ इम्प्लिकेसन’ सूचीमै कायम राखेको छ। कम्पनीको इस्युअर रेटिङ CARE-NP A- (Is) यथावत् राखिएको छ, जसले पर्याप्त सुरक्षा र कम क्रेडिट जोखिम जनाउँछ। साथै, कम्पनीका बैंक सुविधासम्बन्धी दीर्घकालीन रेटिङ CARE-NP A- र अल्पकालीन रेटिङ CARE-NP A2+ पनि यथावत् राखिएको छ।

रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो। ४,३०० भन्दा बढी कर्मचारी कार्यरत रहेको यो कम्पनी मुलुककै सबैभन्दा ठूलो स्पिनिङ मिल मानिन्छ। कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पोलिएस्टर, भिस्कोस र एक्रेलिक धागो उत्पादन गर्दै आएको छ, जसको मुख्य निर्यात भारत र टर्कीमा हुने गरेको छ।

कम्पनीका सुनसरी जिल्लाको खनार र दुहबीमा दुईवटा उत्पादन इकाइ रहेका छन्। सन् २०२१ को मध्य जुलाईसम्म कम्पनीको वार्षिक जडित उत्पादन क्षमता ४०,६८० मेट्रिक टन रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया