NIMB Header 2
Nepal Life

आतंकवादको जग नै 'सत्ता' ? समाजशास्त्रीय विश्लेषण, रविन कँडेलको लेख

National Life
  • BFIS News
  • 2025 Dec 24 11:58
आतंकवादको जग नै 'सत्ता' ? समाजशास्त्रीय विश्लेषण, रविन कँडेलको लेख
Sanima Reliance

काठमाडौं। वर्तमान समयमा समाजको संरचना एउटा यस्तो भयावह मोडमा आइपुगेको छ, जहाँ 'आर्थिक आतंकवादीहरू' ले केवल पुँजी मात्र होइन, नागरिकको चेतना र न्यायको घाँटी निमोठिरहेका छन्। रिलायन्स स्पिनिङ मिल्स जस्ता प्रकरणहरू केवल शेयर बजारका घटना होइनन्, यी त ती 'दुष्ट परिभाषाहरू' हुन् जसले समाजका नेतृत्व दायी अंग र अधिकाँश सर्वसाधारण नागरिक हरुलाई लाई 'भेडा' बनाउन सफल भएका छन्।

Shikhar
NIMB

ल्याटिन अमेरिकी दार्शनिक एडुआर्डो ग्यालियानो (Eduardo Galeano) ले भनेका थिए "अहिलेको संसारमा न्याय त्यस्तो मन्दिर हो, जहाँ छिर्न पैसाको सिँढी चाहिन्छ र जसले सत्य बोल्छ, उसलाई नै 'पागल' घोषित गरिन्छ।" आजको हाम्रो अवस्था ठ्याक्कै त्यस्तै छ। आर्थिक आतंकवादीहरूले पैसाको खोलो बगाएर मिडियालाई 'भजन मण्डली' बनाएका छन्, केही सेनाम धन्य बौद्धिक हरुले तथ्य लाई विद्रुप गर्छ अनि दुर्योधन चेतना अनि शक्ति बौछार गर्छ। जब सूचनाको स्रोत नै  शकुनी पासा का प्रदूषितगोटी हुन्छन, तब आम नागरिकको चेतना 'भेडा बुद्धि' मा परिणत हुनु स्वाभाविक हो।

न्यायालयको कुर्सीमा बसेकाहरु र सत्ताका सबै अवयवहरू (Institutions) आर्थिक प्रलोभनमा विकृत भए पछि समाजको सामाजिक एबं आर्थिक चेतना पूर्णतः क्षतविक्षत हुन्छ। पूर्वीय दर्शनका महान् चिन्तक चाणक्यले  भनेका थिए, "जुन राज्यमा न्याय र धर्मको मूल्य पैसामा गरिन्छ, त्यो राज्यको विनाश सुनिश्चित छ।" अहिले रिलायन्स प्रकरणमा देखिएको "नियामकको मौनता" र "सत्ताको संरक्षण" ले चाणक्यको त्यही भयावह चित्र लाई  मार्ग दर्शन गरिरहेको छ।

पूर्वीय सभ्यताले 'सन्तोष' र 'नैतिकता' लाई जीवनको आधार हो भनिरहेको छ अर्को तर्फ उपभोक्तावादी 'आर्थिक आतंकवाद' ले मानिसलाई यति क्षुद्र स्वार्थी बनाइदियो कि मानिस हरू आफ्नो तात्कालिक फाइदाका लागि समग्र प्रणालीको विनाशमा पनि साक्षी बस्न तयार छन्। भेडाहरूले खोलामा हामफाल्नु केवल एउटा जीवको अन्त्य हो, तर विवेकशील नागरिकहरूले यस्ता आर्थिक अपराधलाई "अवसर" भन्दै स्विकार्नु चाहिँ 'सामूहिक बौद्धिक आत्महत्या' भएन र?

सचेत नागरिकहरु दूषित खेलमा सहभागी छैनन् तर तिनीहरूलाई नै राज्य र समाजका 'अन्धभक्त' हरूले गिज्याइरहेका छन्। कस्तो बिडम्बना?  सचेतहुनु नै आजको समाजमा सबैभन्दा ठूलो अभिशाप हो त? ल्याटिन अमेरिकी क्रान्तिकारी विचारक पाउलो फ्रेरे (Paulo Freire) ले 'पेडागोजी अफ द अप्रेस्ड' मा भनेका छन् "जब उत्पीडकले (Oppressor) नैतिकताको नयाँ परिभाषा लेख्छ, तब उसले सबैभन्दा पहिले मानिसको सोच्ने शक्तिलाई नै नष्ट गरिदिन्छ।"

आर्थिक आतंकवादीहरूले मिडिया, मिनेट-मिनेटमा समाचार र सामाजिक सञ्जालमार्फत एउटा यस्तो कृत्रिम 'स्वर्ग' निर्माण गर्ने गरेका , जहाँ छिर्नु नै उत्कृष्टता मानिन्छ। तर, यो 'स्वर्ग' को जग निर्दोष लगानीकर्ताको आँशु र देशको संविधान र कानुन तथा  मानवीय संवेदना विपरीत खडा गरिएको छ।

अन्त्यमा, पूर्वीय दर्शनको यो वाक्य सम्झिनु आवश्यक छ "धर्मो रक्षति रक्षितः" (यदि तिमीले धर्म वा नैतिकताको रक्षा गर्यौ भने मात्र त्यसले तिम्रो रक्षा गर्नेछ)। यदि हामी यो 'आर्थिक भेडाचाल' को हिस्सा बन्छौँ भने, हामीले आफ्ना सन्ततिका लागि एउटा यस्तो मरुभूमि छोडेर जानेछौँ, जहाँ पैसा त  अंक मा देखिने छ  तर 'मानवता' र 'न्याय' कतै फेला पर्ने छैन ।

IPO को भीडमा सामेल नभएकाहरु "अभागी" होइनन्। उनीहरू त ती 'अवाक' भेडाहरू (चेतना) हुन् जसले विनाशको बाटो देखिरहेका छन्। उनीहरू लज्जित छन मतलब अब बुझौं कि यो देशमा अझै केही मानिसहरू छन् जसको विवेक 'प्रिमियम' को मूल्यमा बिक्दैन।

आर्थिक लाभका लागि विवेक बन्धक राख्नेहरूको भीडमा एक्लो पर्नु गौरवको कुरा हो। पहाडबाट हामफालेर खोलामा बग्नुभन्दा किनारमा उभिएर 'अवाक' हुनु नै वास्तवमा मानव हुनुको अर्थ हो। आज लज्जित हुनेहरूले नै भोलि एउटा स्वच्छ र पारदर्शी आर्थिक प्रणालीको माग गर्ने साहस राख्नेछन्।

(कँडेल शेयर बजारका लगानीकर्ता हुन्।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया