NIMB Header 2
Nepal Life

रिज लाइन इनर्जीको आईपीओ आजदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन

National Life
  • BFIS News
  • 2025 Dec 28 11:10
रिज लाइन इनर्जीको आईपीओ आजदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन
Sanima Reliance

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आजदेखि (पुस १३ गते) प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

यस आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाका वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाका वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते निष्काशन बन्द हुने जनाएको छ।

कम्पनीको आईपीओ रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको छ। कम्पनीले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत बिक्री गर्दै आएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले रिज लाइन इनर्जीको आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाले आवेदन फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया