NIMB Header 2
Nepal Life

काठमाडौं नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनले आईपीओ निष्कासन गर्दै

National Life
  • BFIS News
  • 2025 Dec 29 12:38
काठमाडौं  नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनले आईपीओ निष्कासन गर्दै
Sanima Reliance

काठमाडौं। काठमाण्डौस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार आवश्यक नियामक स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने भएको छ।

Shikhar
NIMB

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। आज सम्पन्न सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडका अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ। बाँकी करिब ७१.४३ प्रतिशत शेयर संस्थापक समूह अन्तर्गत रहनेछ।

‘फ्रन्टलाइन’ ब्राण्ड नामबाट काठमाण्डौको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हाल १०० शैयाको क्षमता रहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको कम्पनीको दाबी छ। थप सेवा विस्तारका लागि निर्माण चरणमा रहेको २०० शैयाको जनरल तथा क्यान्सर अस्पतालका लागि आवश्यक पूँजी जुटाउन आईपीओ निष्काशन गर्न लागिएको अध्यक्ष पाण्डेले जानकारी दिए।

अस्पतालले चिकित्सा सेवासँगै स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नर्सिङ तथा फार्मेसीलगायतका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना वि.सं. २०६२/०९/१९ मा भएको हो। हाल संस्थाको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको छ भने २०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया