NIMB Header 2
Nepal Life

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माघ ९ गते साधारण सभा

National Life
  • BFIS News
  • 2025 Dec 31 10:52
सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माघ ९ गते साधारण सभा
Sanima Reliance

काठमाडौं। सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको हो।

Shikhar
NIMB

कम्पनीको १०औँ वार्षिक साधारण सभा माघ ९ गते शुक्रबार काठमाडौँको क्रिस्टल ब्याङक्वेटमा आयोजना हुने जनाएको छ। उक्त सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा आईपीओ निष्काशनसँग सम्बन्धित विषय कार्यान्वयनका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, नियमनकारी निकायहरूको निर्देशनअनुसार प्रबन्धपत्र, नियमावलीलगायत प्रस्तावित संशोधनहरू गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनको प्रस्ताव पारित भएसँगै सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले पूँजी बजारमार्फत लगानी विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया