NIMB Header 2
Nepal Life

आज यि ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, साधारणसभा पुस ३० गते हुने

National Life
  • BFIS News
  • 2025 Dec 31 11:06
आज यि ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, साधारणसभा पुस ३० गते हुने
Sanima Reliance

काठमाडौं । विभिन्न ७ वटा सूचीकृत कम्पनीहरूको प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

Shikhar
NIMB

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको कम्पनीहरूमध्ये निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले पुस ३० गते आफ्नो २७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजे नक्साल, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसअन्तर्गत ६ प्रतिशत बोनस शेयर (करिब १३.०६ करोड रुपैयाँ) र ७ प्रतिशत नगद लाभांश (करसहित करिब १८.२८ करोड रुपैयाँ) वितरण गरिनेछ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले पुस ३० गते २४औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:१५ बजे सुरु हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २१.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ। ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा नगद लाभांश रकम करिब १ अर्ब १५ करोड रुपैयाँ बराबर हुनेछ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को १३औँ वार्षिक साधारण सभा पनि पुस ३० गते हुनेछ। सभा सप्तरीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीले ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ४.७५ प्रतिशत बोनस शेयर (करिब १.७५ करोड रुपैयाँ) र ०.२५ प्रतिशत नगद लाभांश (करसहित करिब ९.२४ लाख रुपैयाँ) समावेश छ। कम्पनीको चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको छ।

यसै दिन ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) को १३औँ वार्षिक साधारण सभा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेट, पोखरा–०८ मा बिहान ९ बजे बस्नेछ। बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ८.०३९६ प्रतिशत बोनस शेयर (करिब ४.५८ करोड रुपैयाँ) र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि करिब २४.१० लाख रुपैयाँ) समावेश छ। बैंकको चुक्ता पूँजी ५६ करोड ९६ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले पनि पुस ३० गते २९औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा पोखराको सिटी स्क्वायर बैंक्वेटमा बिहान ९ बजे सुरु हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसअन्तर्गत ८ प्रतिशत बोनस शेयर (करिब ७०.२५ करोड रुपैयाँ) र ४ प्रतिशत नगद लाभांश (करसहित करिब ३५.१२ करोड रुपैयाँ) वितरण गरिनेछ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को १६औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौंको कालोपुलस्थित शुभम रिसेप्सनमा बिहान ११ बजे बस्नेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ६.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा नगद लाभांश रकम करिब ८.७४ करोड रुपैयाँ बराबर हुनेछ।

आजसम्म शेयर खरिद गर्नेले अपर हेवाखोलाले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर पाउन सक्नेछन्। कम्पनीले आगामी पुस ३० गते साधारणसभा गर्दैछ।

यी सबै कम्पनीहरूले पुस १७ गते बुक क्लोज गर्ने भएकाले, पुस १६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सम्बन्धित वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया