NIMB Header 2
Nepal Life

भुजुङ्ग हाइड्रोपावरको स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2026 Jan 01 10:28
भुजुङ्ग हाइड्रोपावरको स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ३ गतेदेखि स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन खुला गरेको थियो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबर अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता अप्रत्यक्ष प्रभावित क्षेत्र सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरूका लागि छुट्याइएको छ।

आईपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ। सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। कम्पनीले उक्त आयोजनाबाट २०८१ साल बैशाख ६ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ को कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद आवेदन फाराम प्राप्त गर्न फाराम शुल्कबापत २ रुपैयाँ बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया