NIMB Header 2
Nepal Life

रिज लाइन इनर्जीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2026 Jan 01 10:36
रिज लाइन इनर्जीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर हुने १ करोड ४२ लाख २० हजार रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी (CARE-NP BB) इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

रिज लाइन इनर्जीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। उक्त आयोजनाको विद्युत अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ। साथै, आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

कम्पनीले सो आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गरिरहेको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया