NIMB Header 2
Nepal Life

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2026 Jan 04 10:51
सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार बैंकले आफ्नो जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्यको १७ लाख २३ हजार ८८० कित्ता शेयर आईपीओमार्फत निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको बैंकले सामूहिक लगानी कोषहरुका लागि पनि ८६ हजार १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सि–आस्बा आवेदन दिन सकिने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया