NIMB Header 2
Nepal Life

विजय लघुवित्तको एफपीओ आजदेखि खुला, ४६ हजार ६८१ जना भाग्यमानीले मात्रै शेयर पाउने

National Life
  • BFIS News
  • 2026 Jan 05 10:42
विजय लघुवित्तको एफपीओ आजदेखि खुला, ४६ हजार ६८१ जना भाग्यमानीले मात्रै शेयर पाउने
Sanima Reliance

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) तथा बिक्री खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०:३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको थियो। यही अनुपात समायोजन गर्न लघुवित्तले एफपीओ ल्याएको हो।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ।

एफपीओ निष्काशन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बन्द हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एट द रेट’ प्रदान गरेको छ। यस रेटिङ्गले लघुवित्तको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया